देश/प्रदेश

आफन्तको खबर पाउन परिवारजन आतुर

Banner
महोत्तरी, भदौ ११ –
भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन आतुर भएका छन् । रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत र काम विशेषले त्यसतर्फ गएका हालसम्म ११ व्यक्ति आफन्तको खबर पाउन आतुर भएका हुन् ।
बेपत्ताको यकीन भएपछि परिवारलाई सूचना दिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । “अहिलेसम्म ११ व्यक्ति सम्पर्कविहीन छन्, सबैको अवस्था यकीन गर्न निरन्तर प्रयत्न भइरहेको छ”, प्रजिअ यादवले भन्नुभयो, “यसबाहेक जिल्लाका अरु कोही सम्पर्कविहीनको सूचना अहिलेसम्म छैन ।”
सम्पर्कविहीन भएकामा बर्दिवास–३ का सौभाग्य विष्ट, बर्दिवास–९ की जया रानामगर, पिपरा–३ का विकास यादव, औरही–३ का सचिनकुमार यादव, गौशाला–९ का विजय थापामगर, लोहारपट्टी–७ का युवराज पाण्डे र गौशाला–८ बेलगाछीका शीतल लुङ्गेली, निजकी पत्नी सरिता लुङ्गेली तथा छोरा साइमन लुङ्गेली छन् । उहाँहरु रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत रहेका बुझिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>