देश/प्रदेश

भोटेकोशी बाढीः महोत्तरीका १० जना सम्पर्कविहीन

Banner

महोत्तरी, भदौ ११ –

भोेटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् । रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत र कामविशेषले त्यता गएकाहरु सम्पर्कविहीन भएका हुन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्पर्कविहीनको अवस्था यकिन गर्न प्रयत्न भइरहेको जानकारी दिनुभयो ।

बर्दिबास–३ का सौभाग्य बिष्ट, बर्दिबास–९ की जोया राना मगर, पिपरा–३ का विकास यादव, औरही–३ का सचिनकुमार यादव, गौशाला–९ का विजय थापामगर, लोहारपट्टि–७ का युवराज पाण्डे र गौशाला–८ बेलगाछीका शीतल लुङ्गेली, निजकी पत्नी सरिता लुङ्गेली तथा छोरा साइमन लुङ्गेली सम्पर्कविहीन भएका हुन् ।

उनीहरु विद्युत् उत्पादन केन्द्रमा कार्यरत रहेका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । बुधबार बिहान ८ः०० बजेपछि छोरासँग सम्पर्क नभएको सौभाग्य बिष्टका पिता ध्रुवकुमार बिष्टले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>