देश/प्रदेश

भोटेकोशी बाढीः सर्लाहीका नौ जना सम्पर्कविहीन

Banner

सर्लाही, भदौ ११ –

भोटेकोशी नदीमा आएको बाढीका कारण सर्लाहीका नौ जना सम्पर्कविहीन भएका छन् ।

लालबन्दी नगरपालिका–९ निवासी माधव काफ्ले, अनुज काफ्ले, लालबन्दी नगरपालिका–५ का कृष्णप्रसाद धमला, द्वारिका दङ्गाल र चिरञ्जीवी खतिवडा सम्पर्कविहीन भएका हुन् । उहाँहरु केही दिनअघि गोसाइँकुण्ड तीर्थयात्रामा जानुभएको थियो ।

सोही बाढीका कारण हरिवन नगरपालिका–११ कडरिया चोक निवासी सक्षम कार्की र मनिल कायस्थ पनि सम्पर्कविहीन हुनुभएको परिवारजनले बताएका छन् ।
उहाँहरु साथीहरूसँग मिलेर रसुवाको गोसाइँकुण्ड यात्रामा जानुभएको र बुधबार बिहानबाट सम्पर्कविहीन हुनुभएको मनिलका बुबा बालगोपाल कायस्थले जानकारी दिनुभयो ।

भोटेकोशीको बाढीले त्रिशूली ‘३बी’ जलविद्युत् आयोजनामा कम गर्ने सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीका प्राविधिक सुनिलकुमार कुशवाहा र ईश्वरपुर नगरपालिका–७ बयलबासका लक्ष्मण श्रेष्ठ सम्पर्कविहीन हुनुहुन्छ ।

उहाँहरु कार्यरत आयोजना बाढीले ध्वस्त बनाएपछि उहाँहरु सम्पर्कविहीन हुनुभएको हो । उहाँहरूको खोजीका लागि परिवारले हारगुहार गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालयले एक सूचना सार्वजनिक गर्दै बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रबाट सम्पर्कविहीन हुनुभएको आफन्तको विवरण उपलब्ध गराई दिन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>