देश/प्रदेश
तीन जिल्लामा साढे दुई करोड नगद सहयोग
०

काठमाडौँ, भदौ ११-
सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले रसुवामा एक करोड, नुवाकोट जिल्लालाई एक करोड र धादिङ जिल्लालाई ५० लाख रुपैयाँ प्रदान गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी, बाढीपीडितको उद्धारका लागि हालसम्म ३७ वटा हवाइ उडान भएको छ, भने हेलीबाट हालसम्म ३०५ जनाको उद्धार भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























