देश/प्रदेश
भोटेकोशी बाढीः सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
०

महेन्द्रनगर, भदौ ११ –
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा स्थगित गरेको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको उपकुलपति किशनदत्त भट्टले जानकारी दिनुभयो ।
उहाँले पुनःप्रवेश परीक्षा र छात्रबृत्तिसम्बन्धी परीक्षा अर्का सूचना आएपछि जानकारी हुने बताउनुभयो । भोटेकोशी बाढीमा परी सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन अवस्थामा छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























