अपराध
झापाबाट ४३.१५ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
०

झापा, वैशाख ११-
प्रहरीले ४३.१५ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको खन्याबास गाउँपालिका-५ बस्ने २० वर्षीय विनोद तामाङ रहेका छन् ।
चेकजाँचका क्रममा उनलाई मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।
उनको साथबाट प्रहरीले ४३.१५ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।