समाचार

बारामा प्रहरीले बोकेको पेस्तोल हरायो

Banner

काठमाडौं, वैशाख ११-

बारामा प्रहरीले बोकेको पेस्तोल हराएको छ । प्रहरीका वरिष्ठ सई पूर्ण बिसीले बोकेको पेस्तोल हराएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता दधिराम न्यौपानेले पेस्तोल हराएको पुष्टि गरे । ‘हिजो राति अपरेसनमा जाँदा हराएको हो, खोजी भइरहेको छ,’ डीएसपी न्यौपानेले भने ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत वरिष्ठ सई बिसीसहितको टोली सोमबार राति लागुऔषधको अपरेसनमा गएको थियो । सो क्रममा लागुऔषध गाँजासहित केही व्यक्ति समेत पक्राउ परेका थिए । अपरेसनकै क्रममा पेस्तोल हराएको डीएसपी न्यौपानेको भनाइ छ ।
घटनाबारे बारा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>