अन्तर्राष्ट्रिय

इरान र इजरायलबीच युद्ध चर्किन सक्ने जोखिम तत्काललाई टरेपछि मध्यपूर्वमा राहतको अनुभव

Banner

इरान, वैशाख ८-

इरान र इजरायलबीच युद्ध चर्किन सक्ने जोखिम तत्काललाई टरेको ठानिएको छ । इरानमा हिजो बिहानै भएको क्षेप्यास्त्र आक्रमणबारे इजरायलले अझै पनि आधिकारिक रूपमा स्वीकार गरेको छैन । तर त्यसपछि थप आक्रमणका घटना नभएको अवस्थामा मध्य पूर्वमा केही राहतको अनुभव गरिएको बीबीसीले जनाएको छ ।

इरानी अधिकारीहरूले हिजो बिहान मध्य इरानको इस्फाहान सहर नजिकैको सैन्य हवाई अड्डामा आक्रमण भएको पुष्टि गरेका थिए । तर कुन देशले आक्रमण गरेको हो भनेर उनीहरुले किटान गरेको अवस्था छैन । इरानले इजरायलमा गएको शनिवार तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोनहरू प्रहार गरेको थियो ।

त्यसपछि इजरायलबाट हुनसक्ने जवाफी आक्रमणले युद्ध थप चर्किने त्रास बढेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई तत्कालै प्रतिक्रिया नजनाउन सल्लाह दिनुभएको थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>