Breaking News

तत्कालीन अवस्थामा खुमबहादुर खड्कालाई झुटो मुद्दा लगाएर फसाउन खोजियोः देउवा

Banner

काठमाडौं,चैत १६-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन अवस्थामा कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्कालाई झुटो मुद्दा लगाएर फसाउन खोजिएको बताएका छन् । शुक्रबार दाङको लमही नगरपालिका–९ अमिलियामा कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्काको सालिक अनावरण गर्दै देउवाले देशका लागि काम गर्न खोज्दा खड्कामाथि झुटो मुद्दा लगाएर फसाउन खोजिएको बताए ।

स्वर्गीय नेता खड्का विकासप्रेमी, मिलनसार र जनताले रुचाएका नेता भएको देउवाको भनाइ छ । खड्काले छाडेर गएका बाँकी कामलाई पूरा गर्ने दायित्व आफूहरू सबैको उनले बताए । खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा २०७४ साल चैत १६ गते निधन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>