चितवन विशेष

भरतपुर महानगर प्रमुख रेनु दाहालले ३९ किसानलाई बाडिन् बाख्रा र हाँसको चल्ला

Banner

चितवन, वैशाख १५-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ३९ किसानलाई बाख्रा र हाँसको चल्ला बाडेकी छन् ।

महानगरपालिकाले पशुपालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न भरतपुर–२२ का परिवारलाई बाख्रा र हाँस बितरण गरेको हो ।

२०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो वर्ष पनि निरन्तरता दिएको मेयर दाहालले जानकारी दिइन् । अभियानकै क्रममा शनिबार १९ जना कृषकलाई ५० वटा दरले हाँस र २० जनालाई दुई वटाका दरले बाख्रा र दुई बोका बितरण गरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताइन् । यो कार्यक्रममार्फत् बाख्रा, बंगुर कुखुरा र हाँस बितरण गरिनेछ । ‘राम्रो प्रतिफल दिने किसानलाई पुरस्कृत गरिनेछ, १७ समूहलाई दुई लाख रुपैयाँका दरले बितरण गरिनेछ’, उनले भनिन् ।

भरतपुर वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले कृषिको व्यावसायिकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा बितरण कार्यक्रम ल्याइएको बताए । बाख्रा र हाँस पाएपछि कृषकहरु खुसी भएको सञ्चारकर्मीलाई बताए । नव महिला कृषक समूहका अध्यक्ष कष्णकुमारी महतोले हाँस बेचेर छोराछोरीको पढाईमा खर्च गर्ने बताइन् । निर्वाहमुखी कृषि कर्म गर्ने कृषकलाई महानगरको यो सहयोगले जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास किसानको छ । गत साल जेठमा समेत यहाँकै १५ परिवारलाई बाख्रा वितरण गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>