चितवन विशेष
भरतपुरमा इलेक्ट्रिक स्कुटर अनियन्त्रित भई पल्टिदा ६५ वर्षिय पुरुषको मृत्यु
०
भरतपुर, वैशाख २७–
भरतपुरमा इलेक्ट्रिक स्कुटर आफै अनियन्त्रित भई पल्टिदा ६५ वर्षिय पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार बिहान करिब ९ बजेर २० मिनेटको समयमा कटहर चोकबाट चौबिसकोठी तर्फ जाँदै गर्दा सो दुर्घटना भएको थियो ।
स्कुटर चालक भरतपुर– ७ कटहर चोक बस्ने अन्दाजी ६५ वर्षिय खडक राज पाध्य सुवेदीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बुधबार दिउँसो करिब ३ बजेर ४० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना पश्चात सुवेदीको टाउको र शरीरमा गम्भीर चोट लागेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>