चितवन विशेष

रत्ननगर जेसिज सप्ताह वैशाख १९ देखि सुरु हुँदै

Banner

चितवन, वैशाख १५–

रत्ननगर जेसिज सप्ताह वैशाख १९ बाट सुरु हुने भएको छ ।

रत्ननगर जेसिजले शनिबार पत्रकार सम्मेलन गरी वैशाख २५ गतेसम्म गरिने सप्ताहव्यापी कार्यक्रमहरुबारे जानकारी गराएको हो ।

सप्ताहको पहिलो दिन नेपाल नमुनामा सुरेशजंग पाण्डेको संयोजकमा मैत्रीपूर्ण फुटबल, २० गते रत्ननगर नगरपालिक–२ को कार्यालयमा किरण लामिछानेको संयोजकमा नेतृत्व विकास तालिम, २१ गते रत्ननगर नगरपालिका–२ कै कार्यालयमा रोशन काप्रीको संयोजकमा मानसिक स्वास्थ शिविरलगायत कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

रत्ननगर जेसिज वर्ष २०२४ का अध्यक्ष नरहरि पुरीले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि एउटा चाडको रुपमा सप्ताह मनाउन लागिएको बताए । उनले आगमी दिनमा बिगतका दिनहरुमा जस्तै सामाजिक कार्य गर्दै जाने प्रतिबद्धता जनाए । यस्तै जेसिज सप्ताहअन्तर्गत रहेर विद्यमान आर्थिक अवस्थाको सजिव चित्रणसहित उधमी र उद्यमशिलतामा लाग्न चाहने युवालाई लक्षित गर्दै रत्ननगर जेसिजले रत्नबिज सम्मेलन गर्ने भएको छ । उक्त कार्यक्रम ४ वटा सेसनमा केन्द्रित रही सञ्चालन हुने जनाइएको छ । जसअन्तर्गत पहिलो सेसनमा ‘उद्यमशिल यात्रा र अनुभव आदानप्रदान’ विषयमा चार उद्यमीहरुको प्रस्तुति रहनेछ । यस्तै दोस्रो सेसनअन्तर्गत‘ समयसामयिक विषयवस्तु र आर्थिक अवस्था’ बारे राष्ट्रिय योजनाआयोगका पूर्वउपाध्यक्ष एवम् वरिष्ठ अर्थविद डा. विश्व पौडेलको प्रस्तुति रहनेछ ।

यस्तै तेस्रो सेसनअन्तर्गत ‘उद्यमशिलतामा खोज’ भन्ने विषयमा पूर्वमिस नेपाल सुगारिका केसीको प्रस्तुति रहनेछ । यस्तै चौथो सेसन अन्तर्गत व्यापारिक नमुनाबारे हुने कार्यशालामा विषय विज्ञसहित भरतपुरको प्रेसिडेन्सी कलेजको प्रस्तुति रहनेछ ।

नेपालका युवाको नेतृत्व व्यक्तित्व र उद्यमशिलता विकास गर्न सन् १९६४ मा डा. भेषबहादुर थापाको अध्यक्षतामा नेपाल जेसिजको स्थापना भएको हो । यो १८ देखि ४० वर्षका उमेर समूहका सक्रिय युवाको गैर लाभकारी स्वैच्छिक सदस्यतामा आधारित संस्था हो । सन् १९९९ मा सिनेटर निजानन्द मल्लको अध्यक्षतामा रत्ननगर जेसिजको स्थापना भएको हो । आफ्नो स्थापनाको २५ आंै वर्षमा प्रवेश गरिरहँदा रत्ननगर जेसिजले नेपाल जेसिज र समुदायमा आफ्नो विशिष्ट छाप छोड्न सफल भएको छ । रत्ननगर जेसिजले व्यक्तिगत विकासको क्षेत्र, सामुदायिक क्षेत्र, व्यवसायिक क्षेत्र र अन्तराष्ट्रिय सम्बन्ध गरी चार वटा क्षेत्रमा केन्द्रित रही आफ्नो गतिविधि सञ्चालन गर्दै आएको छ ।

स्वदेशमै उद्यमशिलतामा अगाडि बढ्दै गरेको उधमी, स्वदेशमै बसी स्टार्टअप गर्न चाहने युवा वर्ग, देशको विद्यमान आर्थिक अवस्थाको बारेमा चासो राख्न खोजेको व्यक्तिहरु यस कार्यक्रममा लक्षित वर्ग हुन् । यस कार्यक्रम बिहान ७ बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुनेछ र कार्यक्रममा सहभागिताको लागि दर्ता शुल्क ८०० रुपैयाँ कायम गरिएको छ ।

स्थानीय उद्यमीहरुको उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले निःशुल्क स्टल उपलब्ध गराइनेछ । सप्ताह कार्यक्रममा दुई लाख खर्च हुने अनुमान गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>