चितवन विशेष

भरतपुरमा इनारमा एक पुरुषको शव भेटियो,अनुसन्धान हुँदै

Banner

भरतपुर,बैशाख २७-

चितवनको भरतपुर महानगरपालिका १० स्थित आर्मी ब्यारेकसंगै जोडिएको घरको इनारमा बिहिबार एक पुरुषको शव भेटिएको छ । अन्दाजी ३५ बर्षका पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको पहिचान भएको छैन भने उनको साथबाट समेत केही पनि फेला परेको छैन ।

शव सरदराज बिष्ट र कमलराज बिष्टको घरको इनारमा फेला परेको हो । सो घरमा झण्डै ३० वटा सटर र कोठा भाडामा लगाइएको छ । पानी गन्हाउन थालेपछि घरमा बस्दै आएकाहरुले इनारमा बिहिबार बिहान १० बजे हेर्दा मन्छेको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
बैशाख २४ गते अन्दाजी ११ बजे सो घरमा रहेको सोना सोनाम फेमेली दोहोरी साँझ साँझबाट बाहिर निस्केका पुरुषको शब इनारमा भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ति पुरुषले घटना भएको दिन दोहोरी साँझमा अधिकांस समय फोनमा कुरा गरिरहेको जस्तो देखिएको प्रहरीको भनाई छ । प्रहरीले सिसीटिभी फुटेज संंकलन गरिरहेको र अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले अनुसन्धानसंगै शब पहिचानका लागि तस्बिर समेत सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रहरी र नेपाल आर्मीको टोलीले शव निकालेको हो । शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>