खेलकुद

सरकारले घोषणा गरेको ५०-६० प्रतिशत पुरस्कार रकम अहिलेसम्म पाएका छैनौँः कप्तान रोहित पौडेल

Banner

काठमाडौं, चैत १५-

नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको ५०-६० प्रतिशत पुरस्कार रकम अहिलेसम्म नपाएको गुनासो गरेका छन् ।

एसीसी प्रिमियर लिग र भारतमा अभ्यास खेल्न जाने क्रिकेट टीमको बिदाइ कार्यक्रममा कप्तान रोहितले यस्तो गुनासो गरेका हुन् । उनले टी-२० विश्वकपमा छनोट भएको ५ महिना बितिसक्दा पनि सरकारले घोषणा गरेको रकम नपाएको बताएका छन् ।

‘सरकारले घोषणा गरेको ५०-६० प्रतिशत रकम अहिलेसम्म पाएका छैनौँ,’ उनले भने, ‘टी-२० विश्वकप छनोटपछि घोषणा गरेको रकम अहिलेसम्म उहाँहरूले भुक्तानी गर्नुभएको छैन ।’ उनले थपे, ‘विश्वकप खेल्न १र२ महिना बाकी छ । दिनुहुन्छ भन्नेमा मलाई विश्वास छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>