राजनीति

कोरोनासंग जुध्न सहमतिको सरकार आवश्यकः रामचन्द्र पौडेल

Banner

काठमाडौं,चैत १४-

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक राष्ट्रिय संकटबाट गुज्रिरहेका सहमतिको सरकारको खाँचो औल्याएका छन्। उनले विश्वव्यापी संकटका रुपमा देखापरेको कोरोना भाइरस (कोभिड १९)सँग जुध्न राष्ट्रिय सहमतिमा जोड दिए। उनले मुलुक संकटमा परेका बेला सहमतिको सरकार गठन हुने गरेको भन्दै अरु दललाई पनि समेटेर अगाडि बढ्न सरकारलाई सुझाए।

‘यस्तो बेला राष्ट्रिय सहमति जुटाउनुपर्छ। आवश्यक परे सहमतिको सरकार बनाएर पनि चलाउनुपर्छ,’ बिहीबार साँझ समाजिक सञ्जाल फेसबुकबाट कोरोना भाइरसबारे आफ्नो धारणा व्यक्त गर्दै कांग्रेस नेता पौडेलले भने, ‘संकटमा बेलामा सहमतिको सरकार बन्ने प्रथा छ दुनियाँमा। सहमतिको सरकार बनाएर सञ्चाल गर्न सक्नुपर्छ।’

उनले सबैलाई समेटेर अहिले देखा परेको संकटबाट मुलुकलाई जोगाउन सरकारलाई आग्रह गरे। ‘सरकारले अरु दलहरुबाट पनि कस्तो सहयोगको अपेक्षा गरेको छ,त्यो पनि भन्नुपर्छ,’ उनले भने, ‘दलहरुले पनि सरकारलाई सहयोग गर्नुपर्छ।’

आमनागरिकको स्वास्थ्य सुरक्षाका लागि लकडाउन आवश्यक भए पनि अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक ठूलो मारमा परेको बताए। उनले सरकारलाई तत्काल राहत कार्यक्रम ल्याउन पनि आग्रह गरे।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>