Breaking News
आचारसंहिता उल्लंघन गरेर रास्वपा उम्मेदवार मिलन लिम्बूले गरे मतदान
०

विराटनगर, वैशाख १५-
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेरै मतदान गरेका छन्। प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा आज (शनिबार) भइरहेको मतदानमा लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा कुनै पनि दलको निर्वाचन चिन्ह अंकित पोशाक वा ब्याज लगाउन पाइन्न। तर, रास्वपा उम्मेदवार लिम्बूले भने आफ्नो चुनाव चिह्न घन्टी अंकित भएको ब्याज लगाएरै मतदान गरेका थिए।
बिहान सात बजे सुरु भएको मतदानमा साढे १० बजेसम्ममा २० प्रतिशत मतदाताले मताधिकार प्रयोग गरिसकेका छन।