चितवन विशेष

फेरीपनि अब्बल चितवनको नारायणी नमुना मावि, ७ जना विद्यार्थीले ल्याए ४ जिपिए

Banner

चितवन,असार १३-

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चितवनको भरतपुरस्थित नारायणी नमुना माविले उत्कृष्ट नतिजा हाँसिल गरेको छ । नारायणीबाट एसईई दिएका ३ सय ६८ जना विद्यार्थी मध्ये ७ जनाले ४ जिपिए ल्याएका छन ।

यस्तै २ सय ६५ जनाले ३.६ देखि ४ जिपिए, ८४ जना विद्यार्थीले ३.२ देखि ३.६ जिपिए, १० जना विद्यार्थीले २.८ देखि ३.२ जिपिए ल्याएको विद्यालयको शैक्षिक गुणस्तर विकास समिति संयोजक पूर्णप्रसाद दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार एक जना विद्यार्थी मात्रै ‘नन ग्रेडेड’छन । नारायणी माविले वर्षेनी उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ । विद्यालयको यो ऐतिहासिक नतिजा भएको भन्दै सामुदायिक विद्यालयतर्फ नारायणी देशमै उत्कृष्ट बनेको संयोजक दवाडीको दाबी छ । यस विद्यालयमा ३६ सय विद्यार्थी अध्यनरत छन ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा शुक्रबार साँझ सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै २०८१ सालको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएको जानकारी दिनुभयो । २०८० सालको एसईईको नतजिामा ४७.८६ प्रतशित मात्रै उत्तीर्ण भएका थिए । गत वर्षको तुलनामा यस वर्षको नतिजामा सुधार आएको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>