देश/प्रदेश

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

०
Banner

सप्तरी,मङ्सिर ९-

रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज १ः०० बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो । निजका छोरा अर्जुन भागेर ज्यान जोगाउन सफल हुनुभएको छ । एक सातादेखि हात्तीको ठूलो बथान रुपनीमा प्रवेश गरेपछि स्थानीय त्रसित छन् ।

गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सरुुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको ज्यान गएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>