खेलकुद

एनपिएललाई होम एण्ड अवेमा आयोजना गर्ने विषयमा मन्त्री पोखरेलले फ्रेन्चाइज टोलीसँग गरे छलफल

०
Banner

काठमाडौं, मंसिर ८-

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपिएल) लाई होम एण्ड अवेमा गर्नका लागि आवश्यक पक्षबारे फ्रेन्चाइज टोलीसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलबार भएको बैठकमा मन्त्री पाखरेलले आठ वटै फ्रेन्चाइज टोलीका मालिकसँग होम एण्ड अवेको अवधारणामा एनपिएल आयोजना गर्ने सम्भाव्यताबारे छलफल गरेका हुन् । मन्त्री पोखरेलले फ्रेन्चाइज टोलीका मालिकसँग पछिल्लो तीन संस्करणको अनुभव लिएका थिए । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले होम एण्ड अवेमा एनपिएल गर्न अहिले प्रारम्भिक चरणमा छलफल भएको बताए । होम एण्ड अवे आवश्यक भएपनि कुन क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने भन्ने महत्वपूर्ण रहेको क्यानका सचिव पारसको भनाइ छ । जहिल्यै पनि उत्साह र भावनालाई नियन्त्रण गर्नुपर्ने आफ्नो मान्यता रहँदै आएको नेपालका पूर्वकप्तानसमेत रहेका पारसले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>