झापा

दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

०
Banner

झापा,मङ्सिर ८-

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको सीमा क्षेत्रमा रहेको सौर्य विद्युतीय घेराबारा तोडेर दैनिक ठूलो सङ्ख्यामा नेपाल प्रवेश गर्ने जङ्गली हात्तीका कारण स्थानीयवासीमा त्रास फैलिएको छ ।

हात्तीको प्रवेश रोक्न निर्माण गरिएको विद्युतीय संरचना र खटिएका सुरक्षाकर्मीको घेरा तोडेर साँझ परेपछि हात्तीको बथान बाहुनडाँगीतर्फ आउने गरेको छ । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले सुरक्षाका लागि उच्च सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गर्नुभएको छ ।

किसानको धानबाली भित्राउन बाँकी नै रहेकाले हात्तीले थप क्षति पु¥याउन सक्ने चिन्ता बढेको उहाँले बताउनुभयो । पाकेको धानबाली जोगाउन जिल्ला प्रशासन कार्यालय झापाको पहलमा केही दिनयता सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिँदै आएको थियो ।

“सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको टोलीले छेक्न प्रयास गर्दागर्दै हात्तीको बथान नेपाल छिरेको हो,” वडाध्यक्ष कार्कीले भन्नुभयो, “किसानले भर्खरै काटेको धानको पाँजा र कुन्यु खेतमै छ । हात्तीले धानको कुन्युमा व्यापक क्षति पु¥याएको छ ।”

हात्तीको बथान भित्रिन सक्ने जोखिम देखिएपछि केही दिन पहिल्यै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सुरक्षा निकायका प्रमुखसहित बाहुनडाँगीका मुख्य नाकाको अनुगमन गरी किसानलाई छिटो धान भित्र्याउन अपिल गर्नुभएको थियो ।

प्रजिअ पोखरेलको अनुगमनलगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली किसानलाई धान काट्न सघाउने अभियानमा जुटेको थियो । उक्त अभियानमा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र स्वयम्सेवक युवाको समूह सक्रिय भएको थियो ।

भारतको दार्जिलिङ र जलपाइगुढी जिल्लास्थित महानन्दा वन्यजन्तु आरक्षबाट सयको सङ्ख्यासम्म जङ्गली हात्तीको बथान सीमावर्ती मेची नदी तरेर बाहुनडाँगी आउने गरेका छन् । विशेषगरी धान र मकै पाक्ने मौसममा भारतीय जङ¬्गलबाट दिनहुँ आउने हात्तीको बथानले यस क्षेत्रमा जनधनको क्षति पुयाउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>