देश/प्रदेश

मुक्तिनाथ यात्रामा डोलीको सहारा

०
Banner

काठमाडौँ,मङ्सिर ८-

मुक्तिनाथ मन्दिरतर्फ जाने क्रममा डोलीमा बसिरहेकी एक भारतीय महिला पर्यटक । उकालो बाटो हिँड्न नसक्ने तथा अशक्त तीर्थयात्रीहरूलाई सहज होस् भनेर यहाँ डोली सेवा सञ्चालनमा ल्याइएको छ । यसरी डोली चढेर दुईतर्फी यात्रा गर्दा नेपाली नागरिकका लागि ५ हजार रुपैयाँ र विदेशी नागरिकका लागि ६ हजार ४ सय रुपैयाँ शुल्क लिने गरिन्छ ।

रानीपौवा बसपार्कदेखि मन्दिरसम्म डोलीमा बोकेर लैजाने र दर्शनपछि फर्काएर ल्याउने व्यवस्था गरिएको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा दैनिक हजारौँ भक्तजन दर्शनका लागि पुग्ने गर्छन् । विशेषगरी नेपाल र भारतबाट आउने तीर्थयात्रीको यहाँ उल्लेख्य उपस्थिति रहने गरेको छ । मुक्तिनाथको दर्शन र पूजाआजा गरे पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण कठिन भौगोलिक अवस्थाका बाबजुद पनि भक्तजन यहाँ पुग्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>