मनोरञ्जन
नेपालमा भारतीय फिल्म ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिन कै कमाइ २ करोड बढी
०

काठमाडौं,कात्तिक २० –
कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ ।
अग्रिम टिकट बिक्री खुला गरिएसँगै यसलाई खरिद गर्नेको चाँप बढेको फिल्मलाई पहिलो दिन विहिबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन् । यसका साथै फिल्मले पहिलो दिन २ करोड बढीको ग्रस कलेक्सन गर्न सफल भएको स्रोतले जानकारी दिएको छ ।
तिहारलाई लक्षित गर्दै प्रदर्शन भएको फिल्मले नेपालमा दोस्रो पनि आक्रामक कमाइ गर्ने सङ्केत गरेको छ । फिल्मलाई उपलब्ध गराईएको शो सङ्ख्या र दर्शकको अकुपेन्सी हेर्दा यसले आज शुक्रबार पनि पहिलो दिनकै हाराहारीमा कमाइ गर्ने बुझिएको छ ।
नितेश तिवारी निर्देशित ’रामायण’मा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























