क्रिकेट
यस्तो छ नेपाल प्रिमियर लिग (एनपीएल)को टिकटदर
०

काठमाडौँ, कार्तिक ५–
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ।
एनपिएलको लिग चरणका खेल हेर्न साधारणतर्फ ५ सय र प्रिमियमतर्फ १ हजार रुपैयाँ तिर्नुपर्नेछ।
क्यानका सचिव पारस खड्काले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इलिमिनेटर र फाइनल खेलको टिकट मूल्य भने साधारणतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार रुपैयाँ निर्धारण गरिएको छ।
एनपिएलका टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिने क्यानले जनाएको छ।
८ टोलीको सहभागिता रहेको एनपिएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>























