देश/प्रदेश
निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा बनेको नुवाकोटको ढुङ्गे–त्रिशूली जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल सञ्चालन
०

नुवाकोट, असोज ३१-
नुवाकोटको ढुङ्गेबजार र प्रमुख व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोग तथा प्राविधिक समन्वयमा रसुवा–भोटेकोशी बाढीपछिको संकट समाधानका लागि केवल एक महिनाको छोटो अवधिमै सम्पन्न गरिएको उक्त पुल सञ्चालनमा आएको हो । एक कार्यक्रमबीच महासंघका अध्यक्ष निकोलस पाण्डेले पुलको उद्घाटन गर्नुभयो । गत भदौ १० गतेको बाढीपहिरोले आवतजावत विच्छेद भएपछि स्थानीय बासिन्दा, बिरामी तथा विद्यार्थीले लामो समयदेखि सास्ती खेप्दै आएका थिए । संकट समाधानका लागि महासंघको पहलमा भदौ तेस्रो सातादेखि द्रुत गतिमा निर्माण थालिएको पुल सञ्चालनमा आएसँगै दुवै बजारबीचको सम्पर्क पुनस्र्थापित भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























