देश/प्रदेश

ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

०
Banner

खोटाङ, असोज ३१ –

द्रुत गतिमा हुँइकिएको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो । निजका मातापिताको अवस्था गम्भीर छ । उहाँहरूको शिर मेमोरियल अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीनबहादुर घलले राससलाई टेलिफोनमा जानकारी दिनुभयो । बुलेटका चालकलाई हिरासतमा लिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>