अर्थ

२ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

०
Banner

काठमाडौं, असोज २३ –

राष्ट्र बैंकले २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदैछ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल हुनेगरी निक्षेप संकलनको सूचना जारी गरेको छ । यसमा निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

राष्ट्र बैंकले निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुने जनाएको छ । यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>