चितवन विशेष
ठोरीबाट माडीतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगायो, विरामी सकुशल
०

चितवन, असोज २१-
पर्साको ठोरी गाउँपालिका–४ बाट बिरामी लिएर चितवनको माडीतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ।
आज बिहान चितवनको माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको सहायक खोलाले एम्बुलेन्स बगाएको माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले बताइन् ।
उनका अनुसार माडी र ठोरीको बीचमा पर्ने जंगलभित्रको एउटा सानो खोलाले एम्बुलेन्सलाई करिब ४० मिटरजति तल बगाएको थियो । एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए । उनीहरू सबै सकुशल रहेको उनले जानकारी दिइन् ।
एम्बुलेन्सलाई खोलाले बगाएको खबर प्राप्त भएपछि उद्धारको लागि माडी नगरपालिको जेसीबी पठाएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























