Breaking News

कांग्रेस १५औं महाधिवेशनः चितवनबाट केन्द्रीय सदस्यदेखि सह–महामन्त्रीमा उम्मेदवारी घोषणा

०
Banner

चितवन, असोज १८–

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । विशेष महाधिवेशनबाट बनेको कांग्रेस नेतृत्वले १५औं नियमित महाधिवेशनको आयोजना गरेको हो । अहिले कांग्रेस भित्र चुनावी सरगर्मी सुरु भएको छ । महाधिवेशन प्रतिनिधिहरु काठमाडौं पुगेर धमाधम उम्मेदवारी घोषणा गरेका छन् । चितवनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरु पनि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका छन् । जिल्लाका नेताहरुले युवा केन्द्रीय सदस्यदेखि सह–महामन्त्रीसम्मको पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनी खस आर्यतर्फको कोटाबाट सह–महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । यस्तै नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति विकास कोइरालाले पनि सह–महामन्त्री पदमै उम्मेदवारी घोषणा गरेका छन् । उनी खुलातर्फ सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
गगन थापा नेतृत्वमा आएपछि केन्द्रीय सदस्य बनेका कांग्रेस चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ भने पुनः केन्द्रीय सदस्यमै उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेस चितवनका पूर्व जिल्ला सभापति एवं पूर्व केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ पनि पुनः केन्द्रीय सदस्यमै उम्मेदवारी घोषणा गरेका छन् । उनी जनजातितर्फको आरक्षणबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । बागमती प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री एवं चितवन जिल्ला पूर्व सचिव उत्तम जोशी पनि केन्द्रीय सदस्यमै प्रतिस्पर्धा गर्दैछन् । उनी खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । यस्तै केन्द्रीय सदस्यमै खुलातर्फ निलकण्ठ रिजाल र महिला (खसआर्य)तर्फ देवकी गौतमले पनि उम्मेदवारी घोषणा गरेका छन् । जनसम्पर्क समिति बेल्जियमकी सीता सापकोटा पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छन् । चितवन निवासी सापकोटा महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

यसपटक महाधिवेशन रोचक बन्दैछ । ३५ वर्षमुनीको युवा आरक्षण थप भएपछि धेरै युवा नेताहरु कांग्रेसको माथिल्लो तहमा पुग्दैछन् । चितवनबाट पनि दुई जना युवा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवन क्षेत्र नं.३ बाट उत्कृष्ट मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित माडीका युवा नेता प्रवीण देवकोटाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । उनी बागमती प्रदेश युवा खुलातर्फ उम्मेदवारी घोषणा गरेका हुन् । यसपटक चर्चामा रहेका २१ वर्षीय युवा महाधिवेशन प्रतिनिधि उमंग लोहनी पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

यही असोज २२ गतेसम्म चल्ने महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>