चितवन विशेष
कांग्रेस चितवन क्षेत्र नं.२ को सभापतिमा रानाभाट, सचिवमा लामिछाने निर्वाचित

चितवन, असोज १३–
नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तरगत चितवनमा सम्पन्न क्षेत्र नं.२ को अधिवेशनबाट सभापतिमा युवा नेता मनोज रानाभाट निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न महाधिवेशनबाट रानाभाट ३४४ मतका साथ सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी केशव महर्जनले २३३ मत प्राप्त गरे । यस्तै विकास पौडेलले २१८, प्रल्हाद उप्रेतीले ९६ र चित्रबहादुर भण्डारीले ५६ मत प्राप्त गरे ।
यस्तै क्षेत्रीय सचिवमा प्रदीप लामिछाने निर्वाचित भएका छन् । लामिछानेले ४६८ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कृष्ण बगालेले २७० मत प्राप्त गरे । दिपक शाही ठकुरीले १२६ मत प्राप्त गर्दा लुव राजन श्रेष्ठले ६० मत मात्रै प्राप्त गरे ।
यस्तै चितवन प्रदेश क्षेत्र नं.२ (ख)को सभापतिमा युवा नेता परमेश्वर खनाल निर्वाचित भए भने क्षेत्र नं.२ (क)को सभापतिमा दुर्गा गुरुङ निर्वाचित भए ।























