स्वास्थ्य

मधुमेहमा फलफूलदेखि मह र सख्खरसम्म, के खाने के नखाने ?

Banner

काठमाडौँ, असोज ७ –

मधुमेह (डायबिटिज) का बिरामीले खानपानमा ध्यान दिनु धेरै जरुरी हुन्छ। विशेष गरी गुलियो खानेकुरा र फलफूलको कुरा आउँदा धेरैको मनमा प्रश्न उठ्छ– धेरै गुलियो खाँदा मधुमेह हुन्छ?

मधुमेहमा कुन फलफूल खान मिल्छ ? कुन फलफूलले ब्लड सुगर छिटो बढाउँछ ? यति मात्र होइन, धेरैले मह र खुदो (सख्खररगुँड) लाई चिनीभन्दा सुरक्षित मान्ने गर्छन्। यस्तो अवस्थामा स्वादसँगै स्वास्थ्यको पनि ख्याल राख्न यी प्रश्नको उत्तर जान्नु आवश्यक छ।

धेरै गुलियो खाँदा मधुमेह हुन्छ त?

धेरै गुलियो खाँदा मधुमेह हुन्छ भन्ने मान्यतालाई डाक्टरहरु एउटा ठुलो भ्रम मान्छन्। गुलियो भनेको एउटा जोखिम कारक ९रिस्क फ्याक्टर० मात्र हो, यदि कोही व्यक्ति मधुमेह वा प्रि–डायबिटिकको अवस्थामा छैन भने उसले आरामले गुलियो खान सक्छ। प्रि–डायबिटिक अवस्थाका व्यक्तिले भने गुलियो खानबाट बच्नुपर्छ।

मधुमेह धेरै कुरामा निर्भर हुन्छ । पहिलो कारण डीएनएमा हुने आनुवंशिक (जेनेटिक) गुण हो, जसले पछि गएर मधुमेहको कारण बन्न सक्छ। दोस्रो, शरीरको मेटाबोलिजम (पाचन प्रक्रिया) कस्तो छ भन्ने कुराले पनि असर गर्छ। मेटाबोलिजम सुस्त छ भने मधुमेह हुने सम्भावना रहन्छ।

तेस्रो, शारीरिक व्यायामको मात्राले पनि ठुलो अर्थ राख्छ। यस्ता धेरै कारण छन् जसले मधुमेह बढाउन सक्छन्।

मधुमेहमा कुन फलफूल खानु फाइदाजनक ?

मधुमेहका बिरामीले फलफूल खान मिल्ने डाक्टर बताउँछन्। यसका लागि एउटा सूत्र सुझाइएको छ।

तपाईं जुनसुकै फलफूल खानुहोस्, तर त्यसको ग्लाइसेमिक इन्डेक्स जाँच गर्नुहोस् । यसका लागि गुगलको सहयोग लिन सकिन्छ, जस्तै स्याउ खानु छ भने गुगलमा ग्लाइसेमिक इन्डेक्स अफ एप्पल लेखेर खोज्नुहोस्।

यदि कुनै फलफूलको ग्लाइसेमिक इन्डेक्स ९० भन्दा माथि छ भने त्यसले सुगर बढाउँछ। ९० भन्दा तल ग्लाइसेमिक इन्डेक्स भएका फलफूल भने आरामले खान सकिने उनको सुझाव छ। अम्बा, नासपाती, अङ्गुर, स्ट्रबेरी जस्ता फलफूल खान सकिन्छ। यी सबै फलफूलको ग्लाइसेमिक इन्डेक्स ७० भन्दा तल हुन्छ।

फलफूल खाने सही समय कुन हो ?

आयुर्वेदका अनुसार सूर्योदयभन्दा अघि र सूर्यास्तपछि फलफूल खानु हुँदैन। दिउँसोको समयमा भने मज्जाले फलफूल खान सकिन्छ ।

तर, मधुमेहका बिरामीले फलफूलको जुस नपिउनु नै बेस हुन्छ। जुस सिधै रगतमा गएर मिसिने हुँदा यसले सुगरको मात्रा ह्वात्तै बढाउँछ। जुसको सट्टा सिङ्गै फलफूल खाँदा शरीरले फाइबर प्राप्त गर्ने उनले जानकारी दिए।

गुलिया फलफूल पूर्ण रूपमा छोड्नुपर्छ भन्ने पनि होइन। ब्लड सुगर लेभल नियन्त्रणमा छ भने गुलिया फलफूल पनि आरामले खान सकिन्छ।

मह र सख्खर (गुँड) कति सुरक्षित ?

महमा सुगरको मात्रा निकै उच्च हुने भएकाले मधुमेहका बिरामीले यसको सेवन नगर्नु नै बेस हुन्छ। सख्खर (गुँड) खाँदा पनि मधुमेहमा असर पर्छ। मह र सख्खर दुवैमा सुगरको मात्रा उच्च हुने भएकाले मधुमेहका बिरामीले यी कुरा नखान डाक्टर दिन्छन्।

गुलियो खाने तलतल कसरी रोक्ने ?

मधुमेहका बिरामीलाई गुलियो खाने इच्छा धेरै हुन सक्छ। यसलाई रोक्न खानामा प्रोटिन र फाइबरको मात्रा बढाउन डाक्टर सल्लाह दिन्छन्। प्रशस्त फलफूल खाँदा पनि सुगरको तलतल (क्रेभिङ)आउँदैन। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>