Breaking News

पोलिक्लिनिकमा २०० रुपैयाँको सेवा लिएका व्यक्तिले जिते १० लाखको करदाता प्रोत्साहन उपहार

Banner

काठमाडौं,असोज १-

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा भएको छ । रसुवा बाढीपछि १५ भदौसम्म रोकिएको कार्यक्रम सरकारले एकैपटक १ असोजमा महिनाभरीको विजेताहरू घोषणा गरेको हो । अर्थमन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले बिहीबार भदौ महिनाका लागि ३२ जना विजेता घोषणा गरेको हो । विभागका अनुसार २ जनाले १०/१० लाख रुपैयाँ जितेका छन् भने ३० जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले नगद पुरस्कार पाएका छन् ।

१५ भदौसम्मको कार्यक्रममा सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान खरिद गर्ने उपहार कुपन नम्बर ०३६४४७८५२३७८ ले १० लाख रुपैयाँ जितेको छ । यसैगरी, १५–३१ भदौसम्मको कार्यक्रममा कटियानी पोलिक्लिनिकमा २०० रुपैयाँको सेवा लिएका कुपन नम्बर ०४८९१५६१८२११ ले १० लाख रुपैयाँ जितेको विभागले जनाएको छ । अरु ३० जनाले दैनिक एकरएक लाख रुपैयाँका दरले पुरस्कार पाएका हुन् ।

विजेताहरू

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>