देश/प्रदेश
भायानेटद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख सहयोग

काठमाडौं, भदौ २३–
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. २० लाख सहयोग प्रदान गरेको छ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त सहयोग प्रदान गरिएको भायानेटले जनाएको छ । विपद्को समयमा आवश्यक राहत तथा पुनःस्थापनाका कार्यमा योगदान पुर्याउनु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष रहेको भायानेटको विश्वास छ।
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत प्रदान गरिएको यस सहयोगबाट रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका सरकार नेतृत्वका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने भायानेटले अपेक्षा यस विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भायानेट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
साथै विपद्बाट प्रभावित सम्पूर्ण व्यक्ति तथा समुदायप्रति भायानेटले ऐक्यबद्धता प्रकट गरेको छ
























