चितवन विशेष

इस्कोन चितवनमा मनाईयो श्रीकृष्ण जन्माष्टमी

Banner

चितवन, भदौ १९–

श्रीकृष्ण जन्माष्टमीको अवसरमा चितवनको भरतपुर–११ स्थित गोर्खाली टोलमा रहेको अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) चितवनमा विशेष धार्मिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा भगवान श्रीकृष्णको विशेष पूजाआजा, कीर्तन तथा प्रसाद वितरण गरिएको थियो। जन्माष्टमीको अवसरमा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम भक्तिमय वातावरणमा सम्पन्न भएको इस्कोन चितवनले जनाएको छ।

कार्यक्रममा ममता शर्माले श्रीकृष्णको जीवन, गीता र भक्तिको महत्वबारे प्रवचन दिनुभएको थियो। उहाँले श्रीकृष्णले दिएको धर्म, कर्म र मानवताको सन्देशलाई जीवनमा आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको अर्को आकर्षण स–साना बालबालिकालाई भगवान श्रीकृष्ण र राधाको भेषमा सजाएर प्रस्तुत गर्नु रहेको थियो। परम्परागत पोशाकमा सजिएका बालबालिकाले कार्यक्रमलाई थप मनमोहक बनाएका थिए।

इस्कोन चितवनले जन्माष्टमीलाई आध्यात्मिक उत्सवका रूपमा मनाउँदै भक्तजनहरूबीच प्रसाद वितरणसँगै विभिन्न भक्तिमूलक गतिविधि सञ्चालन गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>