Breaking News
सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार
०

काठमाडौँ, भदौ १९-
नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेको हो।
योसँगै आज सुन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख चार हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ७६५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























