चितवन विशेष
सुनचाँदी व्यवसायी संघ चितवनले ५ लाख ४४ हजार सहयोग गर्ने
०

चितवन, भदौ १८–
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले बाढीपीडितका लागि ५ लाख ४४ हजार ३ सय ६७ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
संघका अध्यक्ष हेमबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको २८औँ कार्यसमिति बैठकले विभिन्न माध्यमबाट संकलन भएको उक्त रकम बाढीपीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो। एकद्वार राहत संकलन अभियानमा प्राप्त सहयोग रकमलाई संघले बैठकको निर्णयअनुसार सम्बन्धित क्षेत्रमा हस्तान्तरण गरिने जनाएको छ।
बैठकमा संघका अध्यक्ष विश्वकर्माले राहत संकलन अभियानमा सहयोग पुर्याउने सम्पूर्ण संघसंस्था तथा व्यवसायीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। संघको बैठकमा वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क., उपाध्यक्षहरू मोहन पन्थी र शोभा बराली, महासचिव गोपालबहादुर थापा वि.क., कोषाध्यक्ष रमेशचन्द्र सदाशंकर लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























