देश/प्रदेश

सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी

Banner

काठमाडौं , भदौ १८-

एप्पलले आगामी सेप्टेम्बर ९ मा आफ्नो वार्षिक विशेष कार्यक्रम आयोजना गर्दै आइफोन १८ शृंखला सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले उक्त मिति आधिकारिक रूपमा घोषणा गरिसकेको छ भने कार्यक्रममा पहिलो पटक फोल्डेबल ‘आइफोन अल्ट्रा’ समेत सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ ।

एप्पल पार्कको स्टिभ जब्स थिएटरमा हुने कार्यक्रम नेपाली समयअनुसार राति करिब १०ः४५ बजे सुरु हुनेछ र युट्युब, एप्पलको वेबसाइट तथा एप्पल टिभीमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।

रिपोर्टहरूका अनुसार कार्यक्रममा आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स मुख्य आकर्षण रहनेछन् । यी मोडलमा नयाँ ए २० प्रो चिप, क्यामेरामा सुधार र केही डिजाइन परिवर्तन समावेश हुने अपेक्षा गरिएको छ । साथै, पुस्तकजस्तै मोडिने फोल्डेबल आइफोन अल्ट्रा एप्पलको स्मार्टफोन इतिहासकै ठूलो डिजाइन परिवर्तन हुन सक्ने विश्लेषण गरिएको छ ।

यस्तै, एप्पलले आफ्नो नेभिगेसन सेवा एप्पल म्याप्समा आधिकारिक रूपमा विज्ञापन सुविधा सुरु गरेको छ । कम्पनीका अनुसार यो सुविधा आगामी केही साताभित्र थप प्रयोगकर्तामाझ विस्तार गरिनेछ ।

एप्पल म्याप्समा देखिने विज्ञापनहरू निलो रंगको ‘एड’ चिन्हसहित देखिनेछन् । जुन गुगल म्याप्समा लामो समयदेखि प्रयोग हुँदै आएको विज्ञापन प्रणालीसँग मिल्दोजुल्दो छ । कम्पनीका अनुसार विज्ञापन दुई स्थानमा देखिनेछन् । खोजी गर्नुअघि देखिने सजेस्टेड प्लेसमा विज्ञापन समावेश हुनेछ भने खोजी गरेपछि सम्बन्धित सर्च रिजरल्टमा पनि विज्ञापन देखाइनेछ ।

एप्पलले भने म्याप्समा विज्ञापन थपिए पनि प्रयोगकर्ताको गोपनीयतामा कुनै सम्झौता नहुने जनाएको छ । कम्पनीका अनुसार प्रयोगकर्ताको लोकेसन, विज्ञापन हेर्ने वा त्यसमा गरेको अन्तरक्रिया एप्पल अकाउन्टसँग जोडिने छैन । व्यक्तिगत जानकारी प्रयोगकर्ताकै डिभाइसमा सुरक्षित रहने, एप्पलले संकलन वा भण्डारण नगर्ने र तेस्रो पक्षसँग साझेदारी पनि नगर्ने दाबी कम्पनीको छ ।

एएनआईको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>