देश/प्रदेश

डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग

Banner

जुम्ला, भदौ १७ –

रसुवा बाढी प्रभावितलाई डोल्पाका तीन स्थानीय तहले उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु पाँच लाख ५० हजार आर्थिक सहयोग गरेका छन् ।

त्रिपुरासुन्दरी नगरपालिकाले रु दुई लाख, छार्का ताङसोङ गाउँपालिकाले रु दुई लाख र शे–फोक्सुण्डो गाउँपालिकाले रु एक लाख ५० हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेको त्रिपुरासुन्दरी नगरपालिका प्रमुख जनचन्द्र रोकायाले जानकारी दिनुभयो ।

विपद्मा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यकासाथ उक्त रकम सहयोग गरिएको छार्का ताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले जानकारी दिनुभयो ।

भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटलगायतका जिल्लामा जनधनको ठूलो क्षति भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>