देश/प्रदेश

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

Banner

डडेल्धुरा भदौ १७-

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणमा योगको असाधारण भूमिका रहेको बताउनुभएको छ ।

पतञ्जली योग समिति डडेल्धुराद्वारा आज अमरगढीमा आयोजित कार्यक्रममा उहाँले योगको महत्व र प्रभावलाई समाजका सबै तह र तप्काले बुझेर साधना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

मुख्यमन्त्री भट्टले योगलाई शारीरिक व्यायामका रूपमा मात्र नभई स्वस्थ जीवनशैली र सकारात्मक सोच विकास गर्ने माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मानसिक शान्ति, अनुशासन र सकारात्मक सोच विकासमा योगको महत्वपूर्ण योगदान रहने जनाउँदै उहाँले योगलाइ नागरिकको दैनिक जीवनसँग जोड्दै ‘सबैका लागि योग’ अभियानलाई प्रदेश सरकारले प्राथमिकतासाथ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>