देश/प्रदेश

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा रु १२ लाख २७ हजार सहयोग

Banner

कास्की, भदौ १७ –

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ लाख २७ हजार ७७६ सहयोग गरेको छ ।

सो बाढीबाट प्रभावितका लागि देशको पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्रमा व्यवसायमा गर्दै आएका व्यवसायीहरूको संस्था रेवान पोखरासँग आबद्ध रेस्टुरेन्ट तथा क्याफे व्यवसायी, संस्थाका पदाधिकारी तथा सदस्यहरूको सहकार्यमा रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको हो ।

संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यवसायी, पदाधिकारी र सदस्यहरूको सहकार्यमा राहत रकम सङ्कलन गरेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । “विपद्को समयमा व्यवसायसँगै समाजप्रतिको दायित्व पनि उत्तिकै रहन्छ । धेरै नागरिक अहिले पीडामा हुनहुन्छ र यस्तो बेलामा प्रभावित नागरिकको राहतका लागि सक्दो सहयोग गरेका हौँ”, उहाँले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>