देश/प्रदेश

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५९३ जनालाई कारबाही

Banner

काठमाडौं,भदौ १७-

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ६४, रातोबत्तीमा ४९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ७३, हर्न निषेधमा १३, लेन क्रसमा १९, अवस्था ठिक नभएको १८, एकतर्फीमा ८ र अन्यमा ३०१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>