खेलकुद

तास्मिनियाविरुद्ध नेपाल ‘ए’लाई ब्याटिङको निम्तो

Banner

काठमाडौँ, भदौ १७ –

अष्ट्रेलियामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियासँगको एकदिवसीय खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

नेपाली टोली टप एन्ड टी–२० सिरिजमा प्रतिस्पर्धा गरिसकेपछि एकदिवसीय खेल खेल्न लागेको हो । टप एन्ड टी–२० सिरिजमा नेपालले छमध्ये चारमा हार तथा दुई खेलमा जित निकालेको थियो ।

अष्ट्रेलियामा रहँदा नेपालले बुधबार साउथ अष्ट्रेलिया र आइतबार न्यूजील्यान्ड ‘ए’ विरुद्ध पनि एकदिवसीय खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>