देश/प्रदेश

हिमगिरिद्वारा बाढीपीडितका लागि ७० लाख बराबरको सरसफाइका सामग्री सहयोग

Banner

काठमाडौँ, भदौ १६-

मोरङको हिमगिरि हाइजिन लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरूका लागि रु ७० लाख मूल्य बराबरको सरसफाइका सामग्री सहयोग गर्ने जनाएको छ । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विपद्का कारण स्वास्थ्य सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले कम्पनीले व्यक्तिगत तथा घरायसी सरसफाइका सामग्री सहयोग गर्ने घोषणा गरेको हो ।

जाजू ग्रुपका अध्यक्ष एवं वरिष्ठ उद्योगी महेश जाजूले बाढी प्रभावित क्षेत्रका सर्वसाधारणमा स्वास्थ्य सङ्क्रमण नहोस् भनेर उद्योगले करिब रु ७० लाख रकम बराबरको साबुन, डिटर्जेन्टलगायत व्यक्तिगत तथा घरायसी सरसफाइका अत्यावश्यक सामग्री प्रभावित परिवारलाई उपलब्ध गराउने बताउनुभयो । देवनारा ग्रुप तथा जाजू ग्रुपअन्तर्गत हिमगिरि हाइजिन लिमिटेड सञ्चालित छ । उहाँले सरसफाइका समान ट्रकमार्फत प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोष काठमाडौँमा पठाइएको जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>