देश/प्रदेश

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

Banner

काठमाडौँ, भदौ १६-

राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विशेष प्रस्ताव प्रस्तुत गर्नुभयो । सभाले उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

सभाको बैठकले भोटेकोशी बाढीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ । विशेष प्रस्तावमा बाढी प्रभावितको उद्धार, रातह र पुनःस्थापना तथा सम्पर्कविहीनको खोजी, घाइतेको निःशुल्क उपचार, वैज्ञानिक शव व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

“भौतिक संरचनाको पुनःनिर्माणका लागि तिनै तहका सरकार, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तरराष्ट्रिय समुदायलको सहयोग, सहकार्य र समन्वयमा राष्ट्रिय एकता कायम गरी विपद् व्यवस्थापन गर्न र भविश्यमा विपद् जोखिम न्यूनीकरण गर्न प्रभावकारी उपाय अवलम्बन गर्न सरकारको विशेष ध्यान जाओस्”, अध्यक्ष दाहालद्वारा प्रस्तुत विशेष प्रस्तावमा उल्लेख छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>