देश/प्रदेश

गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य

Banner

पोखरा, भदौ १६ –

गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम सोमबार राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो ।

प्रदेशसभा सचिवालयले सोमबार सूचना जारी गर्दै चालु अधिवेशन २०८३ भदौ १५ गते राति १२ः०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको जनाएको छ ।

जेठ ११ गते सुरु भएको दशौँ अधिवेशन करिब तीन महिनापछि अन्त्य भएको हो ।

बजेट अधिवेशनका रूपमा सुरु भएको यस अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट पारित हुनुका साथै महत्वपूर्ण कानुन निर्माणको काम पनि अघि बढेको थियो ।

संविधानको धारा १८३ को उपधारा ९२० ले प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सक्ने व्यवस्था छ ।

सोही संवैधानिक व्यवस्थाअनुसार प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख भट्टले दशौँ अधिवेशन अन्त्य गर्नुभएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>