देश/प्रदेश

खानेपानी संस्थान, धनगढीको बक्यौता दुई करोड ५१ लाख

Banner

धनगढी, भदौ १६ –

नेपाल खानेपानी संस्थान, धनगढी शाखाको आर्थिक बर्ष २०८२/०८३ को असार मसान्तसम्म उठाउन बाँकी बक्यौता रु दुुई करोड ५१ लाख पुगेको छ ।

खानेपानी संस्थान धनगढीका प्रमुख रामचन्द्र लामिछानेले निजीबाट रु दुई करोड १६ लाख १० हजार नौ सय ४७ र सरकारीबाट रु ३५ लाख ४५ हजार नौ सय ५४ असुल गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

संस्थानले धनगढी उपमहानगरपालिका वडा नं.१, २, ३, ४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १७ र १९ मा दैनिक एक करोड ३० लाख लिटरपानी वितरण गर्ने गरेको छ । कूल ११ हजार तीन सय ३९ जना सेवाग्राहीले उक्त पानी उपभोग गर्ने गरेका छन् । संस्थानले खानेपानी उपभोग गरेबापत मासिक न्युुनतम रु एक सय १० शुल्क असुल गर्दै आएको छ ।

त्यसैगरी, नेपाल खानेपानी संस्थान, धनगढीले गत आर्थिक वर्षमा विभिन्न राजस्व शीर्षकबाट जम्मा रु छ करोड ३२ लाख २८ हजार सात सय ३४ दशमलब ९१ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिनुभयो ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा रु पाँच करोड ७२ लाख ३८ हजार आठ सय ५७ दशमलव ३४ राजस्व सङ्कलन गरेको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा १० दशमलव ४६ प्रतिशतले राजस्व वुद्धि भएको पाइन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>