अर्थ

आज पनि घट्यो सुन र चाँदीको मूल्य

Banner

काठमाडौँ, भदौ १६-

नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको हो ।

योसँगै आज सुनको मूल्य तीन लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला तीन लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार ७८० रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँ घटेर चार हजार ७६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>