देश/प्रदेश

बाढी प्रभावितलाई ‘विश्व खाद्य कार्यक्रम’को २९ टन खाद्य सामग्री

Banner

काठमाडौँ, भदौ १५-

‘विश्व खाद्य कार्यक्रम’बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा ३० टनभन्दा बढी खाद्य सामग्री बाढीबाट प्रभावित क्षेत्रमा पठाइएको हो । सो खाद्यान्न सवारीसाधनमार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाइएको हो । कृषिमन्त्री चौधरीले प्रभावित क्षेत्रमा खाद्य तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै आउनुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>