देश/प्रदेश

नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र

Banner

काठमाडौँ, भदौ १५-

रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिशूली–३ ‘बी’ को सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्य जारी राखेको छ ।

नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ विशेषज्ञ टोली निजी हेलिकप्टरमा नुवाकोटको त्रिशूली पुगेको थियो । त्यसपछि नेपाली सेनासँग समन्वय गरी माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङ क्षेत्रमा पुगेको थियो ।

सेनाका अनुसार उक्त टोलीले माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङ क्षेत्रमा रेकी गरेको थियो । चिनियाँ उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा पनि रेकी गरेको थियो । त्यसपछि दुवै जलविद्युत् आयोजनाको रेकीपश्चात उक्त टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो ।

आइतबार मात्रै त्रिशूली–३ ‘बी’ मै नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास गरेका थिए । आज पनि बिहान ९ बजे नेपाली सेनाको भैरवनाथ गणका थप १६ जना गरी ३१ जनाले खोज तथा उद्धारको प्रयास जारी राखेको नेपाली सेनाले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>