अन्तर्राष्ट्रिय

केरुङ नाका पुनः सञ्चालनमा ल्याउन सडक मर्मत कार्य तिब्रः १.१ किलोमिटरको दूरीसम्मको सडक सफा

Banner

चीत, भदौ १५-

नेपाल–चीन सीमास्थित केरुङ (जिरोङ) नाका जोड्ने अवरुद्ध सडक खण्ड मर्मत गरी यातायात सुचारु गराउन उद्धारकर्मीहरूले प्रयासलाई तिब्र पारेका छन् ।

गत अगस्ट २६ मा नेपालतर्फ खसेको हिम–पहिरो (आइस–रक एभलान्च)का कारण आएको भीषण लेदोसहितको पहिरोले केरुङ नाका क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो । सोही समयदेखि अवरुद्ध रहेको यस महत्वपूर्ण व्यापारिक मार्गलाई पुनः सञ्चालनमा ल्याउन उद्धार टोलीहरू अहोरात्र कार्यक्षेत्रमा खटिएका छन् । सोमवार मध्याह्नसम्मको प्रगति विवरणअनुसार उद्धारकर्मीहरूले नाकाभन्दा करिव १।१ किलोमिटरको दूरीसम्मको सडक सफा गरिसकेका छन् ।

क्षतिग्रस्त सडक खण्डहरूको मर्मत र अवरोध हटाउने कार्यलाई उच्च प्राथमिकतामा राखी द्रुत गतिमा अगाडि बढाइएको छ । नाकालाई यथाशिघ्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ उद्धारकर्मीहरूले काम गरिरहेका छन् ।

सिन्ह्वाको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>