देश/प्रदेश
भोटेकोशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग
०

सुदूरपश्चिम, भदौ १५ –
कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु ४१ लाख ११ हजार १११ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टले बाढीपीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको जानकारी दिनुभयो ।
उपमहानगरपालिकाले विपद्को यस कठिन घडीमा बाढीपीडितका लागि राहत तथा पुनःस्थापनाका काममा ऐक्यबद्धता जनाउँदै सबैलाई सहयोग अपिलसमेत गरेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























